सवारी नामसारी प्रक्रिया र प्रकारहरू
सवारी नामसारी (Ownership Transfer)
१. नामसारी प्रक्रिया (Process)२. नामसारीका प्रकार र कागजात
सवारी नामसारी गर्ने चरणबद्ध प्रक्रिया
चरण १: कागजात र फाराम तयारी
Block-A मा रहेको सहायता कक्षबाट नामसारी फाराम र Tax प्रिन्ट लिने। फाराममा रु. १० को टिकट टाँस्ने।
चरण २: राजस्व तथा दस्तुर भुक्तानी
तोकिएको तोकिएको काउन्टर वा बैंकमा गई नामसारी दस्तुर (रु. १०००/-) र चालु आर्थिक वर्ष सम्मको कर तथा नवीकरण भुक्तानी गरी रसिद लिने।
चरण ३: प्राविधिक निरीक्षण (सवारी जाँच)
प्राविधिक फाँटमा मोटरसाइकल लगेर प्राविधिक जाँच (भेरिफिकेसन) गराउने।
चरण ४: कागजात पेस र सनाखत
आफ्नो सवारीको लट नम्बर अनुसार तोकिएको सम्बन्धित फाँटमा (शाखा १ देखि ७ सम्म) गई सम्पूर्ण कागजात पेस गर्ने र खरिदकर्ता/बिक्रेता उपस्थित भई सनाखत गर्ने।
चरण ५: नयाँ ब्लुबुक/छाप प्राप्ति
कागजात प्रमाणित भए पश्चात ब्लुबुक र दर्ता शाखामा गई आधिकारिक छाप र सही गराई नामसारी सम्पन्न गर्ने।
विभिन्न अवस्था अनुसार आवश्यक कागजातहरू
क) सामान्य व्यक्तिगत नामसारी (खरीद/बिक्री)
- मोटरसाइकलको सक्कल फाइल र ब्लुबुक
- नामसारी फाराम (रु. १० को टिकट सहित)
- चालु आ.व. सम्मको कर र नामसारी दस्तुर तिरेको रसिद
- सवारीको कर (Tax) प्रिन्ट प्रतिलिपि
- बिक्रेता र खरिदकर्ता दुवैको सक्कल नागरिकता र खरिदकर्ताको प्रतिलिपि
- खरिद गर्ने व्यक्तिको हालसालै खिचिएको ३ प्रति पासपोर्ट साइजको फोटो
- सवारीको म्याद बाँकी रहेको तेस्रो पक्ष (Third Party) बीमा
ख) संस्थागत नामसारी (कम्पनी/संस्थाको हकमा) थप आवश्यक ➕
- संस्थाको नामबाट नामसारी गरिदिने र आधिकारिक प्रतिनिधि तोकिएको सक्कल पत्र
- संस्था दर्ता प्रमाणपत्र र PAN/VAT दर्ताको प्रमाणित प्रतिलिपि
- संस्थाको पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र संस्थाको छाप
- सञ्चालक समिति/शेयरधनीहरूले सवारी खरिद वा बिक्री गर्ने गरेको आधिकारिक निर्णयको प्रतिलिपि
ग) मृत्यु नामसारी (हकवालाको नाममा) ➕
- सम्बन्धित वडा कार्यालयबाट जारी गरिएको "नजिकको हकवाला" खुलेको सक्कल सिफारिस पत्र
- सवारी धनीको मृत्यु दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि
- हकवालाको नागरिकताको प्रमाणपत्र र फोटो
- अन्य हकवालाहरू भएमा उनीहरूको मञ्जुरीनामा वा सनाखत पत्र
घ) सवारी धनी विदेशमा भएको अवस्थामा ➕
- सम्बन्धित देशमा रहेको नेपाली राजदूतावास (Embassy) बाट जारी भएको "आधिकारिक अधिकृत वारेसनामा" (Power of Attorney)
- वारेसनामा पाउने व्यक्तिको सक्कल नागरिकता र उपस्थित हुनुपर्ने