बागमती प्रदेश सरकार
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय मोटरसाइकल

गुर्जुधारा, काठमाडौं
नागरिक बडापत्र
यस कार्यालयबाट दुई पाङ्ग्रे सवारी साधनसम्बन्धी सेवा मात्र प्रदान गरिन्छ।
📄
आवश्यक सक्कल कागजात ल्याउनुहोस्
🏍️
जाँच आवश्यक पर्ने सेवामा सवारी ल्याउनुहोस्
🏢
लट नम्बरअनुसार सम्बन्धित शाखामा जानुहोस्

प्रमुख सेवाहरू

मोटरसाइकल नामसारी

आवश्यक कागजात

  • मोटरसाइकलको सक्कल फाइल र ब्लुबुक।
  • रु. १० को टिकट टाँसिएको नामसारी फाराम।
  • चालु आर्थिक वर्षसम्मको कर तथा नवीकरण चुक्ता रसिद र Tax Print।
  • खरिदकर्ता र बिक्रेताको सक्कल नागरिकता तथा खरिदकर्ताको नागरिकताको प्रतिलिपि।
  • खरिदकर्ताको हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो।
  • म्याद बाँकी रहेको तेस्रो पक्ष बीमा।
विशेष अवस्थामा थप कागजात
संस्थाको हकमा: आधिकारिक पत्र, संस्था दर्ता, PAN/VAT, कर चुक्ता, संस्थाको छाप, शेयर लगत र आधिकारिक निर्णय।
मृत्यु नामसारीमा: वडा सिफारिस, मृत्यु दर्ता, हकवालाको नागरिकता तथा अन्य हकवालाको मञ्जुरीनामा।
सवारी धनी विदेशमा भएमा: नेपाली राजदूतावासबाट जारी अधिकृत वारेसनामा, राजस्व रसिद र प्रतिनिधिको सक्कल नागरिकता।
दस्तुर
नामसारी/सनाखत दस्तुर: रु. १,०००
फारामको टिकट: रु. १०
कर तथा नवीकरण: सवारीको विवरणअनुसार।
सेवा प्रक्रिया
  1. Block-A सहायता कक्षबाट फाराम र Tax Print लिने।
  2. कर तथा दस्तुर बुझाउने।
  3. प्राविधिक शाखाबाट सवारी जाँच गराउने।
  4. लटअनुसारको शाखामा कागजात पेस गरी सनाखत गर्ने।
  5. दर्ता शाखाबाट छाप र सही गराउने।
जिम्मेवार शाखा
सहायता कक्ष, प्राविधिक शाखा, लटअनुसारको शाखा र दर्ता शाखा।
सेवा अवधि
सम्पूर्ण कागजात, राजस्व, सवारी जाँच र अभिलेख प्रमाणित भएपछि यथाशीघ्र।
ब्लुबुकको प्रतिलिपि

आवश्यक कागजात

  • मोटरसाइकलको फाइल र पुरानो वा झुत्रो ब्लुबुक।
  • ब्लुबुक हराएको अवस्थामा ट्राफिक प्रहरीको सिफारिस पत्र।
  • Tax Print र चालु आर्थिक वर्षसम्मको कर तथा नवीकरण चुक्ता रसिद।
  • रु. १० को टिकटसहित प्रतिलिपि दरखास्त फाराम।
  • म्याद बाँकी रहेको तेस्रो पक्ष बीमा।
  • सवारी धनी सक्कल नागरिकतासहित स्वयं उपस्थित हुनुपर्ने।
  • हालसालै खिचिएको पासपोर्ट साइजको १ प्रति फोटो।
संस्थाको हकमा: आधिकारिक प्रतिनिधि तोकिएको पत्र, कर चुक्ता प्रमाणपत्र र संस्थाको छाप।
दस्तुर
प्रतिलिपि दस्तुर: प्रचलित आर्थिक ऐनअनुसार।
टिकट: रु. १०
बाँकी कर तथा नवीकरण छुट्टै लाग्ने।
सेवा प्रक्रिया
सहायता कक्षबाट फाराम लिने, Tax Print निकाल्ने, दस्तुर बुझाउने, लटअनुसारको शाखामा कागजात पेस गर्ने र प्रमाणित भएपछि ब्लुबुकमा छाप लगाउने।
जिम्मेवार शाखा
सहायता कक्ष, VRS/Tax Print, लटअनुसारको शाखा र दर्ता शाखा।
सेवा अवधि
अभिलेख तथा कागजात प्रमाणित भएपछि यथाशीघ्र।
सरुवा सहमति

आवश्यक कागजात

  • मोटरसाइकलको फाइल र सक्कल ब्लुबुक।
  • चालु आर्थिक वर्षसम्मको कर तथा नवीकरण चुक्ता रसिद।
  • Tax Print र प्रमाणित VRS Print।
  • सरुवा सहमतिका लागि निवेदन।
  • म्याद बाँकी रहेको तेस्रो पक्ष बीमा।
  • सवारी धनी सक्कल नागरिकतासहित स्वयं उपस्थित हुनुपर्ने।
संस्थाको हकमा: सरुवा सहमतिको सक्कल पत्र, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र संस्थाको छाप।
दस्तुर
सरुवा सहमति दस्तुर: रु. १,०००
कर तथा नवीकरण बाँकी भए छुट्टै लाग्ने।
सेवा प्रक्रिया
Block-A बाट Tax र VRS Print लिने, दस्तुर बुझाउने, सम्बन्धित शाखामा कागजात पेस गर्ने र प्रमाणित कागजात दर्ता–चलानी शाखाबाट खामबन्दी गरी लैजाने।
जिम्मेवार शाखा
VRS/Tax Print, लटअनुसारको शाखा तथा दर्ता–चलानी शाखा।
सेवा अवधि
कागजात तथा अभिलेख प्रमाणित भएपछि यथाशीघ्र।
हराएको सवारी फाइल खडा

आवश्यक कागजात

  • सक्कल ब्लुबुक र ब्लुबुकको प्रतिलिपि।
  • Tax Print र प्रमाणित VRS Print।
  • फाइल खडा गर्ने फाराम।
  • चालु आर्थिक वर्षसम्मको कर तथा नवीकरण चुक्ता प्रमाण।
  • दर्ता किताबमा रहेको सवारी अभिलेखको प्रतिलिपि।
  • आयातकर्ता वा बिक्रेता कम्पनीको सिफारिस, प्रमाणित VAT Bill वा पत्र।
  • भन्सार प्रज्ञापनपत्र र रसिदको प्रतिलिपि।
  • इन्जिन र चेसिस नम्बरको स्पष्ट फोटो।
  • तेस्रो पक्ष बीमा र सवारी धनीको सक्कल नागरिकता।
दस्तुर
अभिलेख, प्रतिलिपि, प्रमाणीकरण, कर तथा नवीकरणसम्बन्धी दस्तुर प्रचलित कानूनबमोजिम।
सेवा प्रक्रिया
Tax/VRS Print लिने, दर्ता र आयातसम्बन्धी प्रमाण जुटाउने, सम्बन्धित शाखामा कागजात पेस गर्ने तथा अभिलेख प्रमाणीकरण गराउने।
जिम्मेवार शाखा
VRS/Tax Print, फाइल भण्डार, अभिलेख शाखा र लटअनुसारको शाखा।
सेवा अवधि
दर्ता, भन्सार र आयातसम्बन्धी अभिलेख प्रमाणीकरण सम्पन्न भएपछि।
मोटरसाइकल पुनः दर्ता
नवीकरण म्याद नाघेको पाँच वर्षभन्दा बढी भएको अवस्थामा

आवश्यक कागजात

  • मोटरसाइकलको फाइल र सक्कल ब्लुबुक।
  • पुनः दर्ताको फाराम।
  • तोकिएबमोजिमको कर, नवीकरण दस्तुर र जरिवाना तिरेको रसिद।
  • प्राविधिक जाँचका लागि मोटरसाइकल कार्यालयमा ल्याउनुपर्ने।
  • म्याद बाँकी रहेको तेस्रो पक्ष बीमा।
  • सवारी धनी सक्कल नागरिकतासहित स्वयं उपस्थित हुनुपर्ने।
संस्थाको हकमा: पुनः दर्ताको सक्कल पत्र, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र संस्थाको छाप।
दस्तुर
पुनः दर्ता शुल्क: रु. १,०००
बाँकी कर, नवीकरण दस्तुर र जरिवाना प्रचलित कानूनबमोजिम।
सेवा प्रक्रिया
सहायता कक्षबाट फाराम र Tax Print लिने, दस्तुर बुझाउने, प्राविधिक जाँच गराउने, सम्बन्धित शाखामा कागजात पेस गर्ने र प्रमाणित भएपछि ब्लुबुकमा छाप लगाउने।
जिम्मेवार शाखा
सहायता कक्ष, प्राविधिक शाखा, लटअनुसारको शाखा र दर्ता शाखा।
सेवा अवधि
राजस्व गणना, प्राविधिक जाँच र अभिलेख प्रमाणीकरण पूरा भएपछि।

लट नम्बरअनुसार सम्बन्धित शाखा तथा सम्पर्क

शाखा सवारी लट नम्बर ब्लक सम्पर्क नम्बर
बा १ प देखि बा ५५ प सम्मC९७६८५५५१७१
बा ५६ प देखि बा ७९ प सम्मB९७६८५५५१७२
बा ८० प देखि बा ९९ प सम्मB९७६८५५५१७३
बागमती प्रदेश–०२–००१ प देखि ०२–०२३ प सम्मD९७६८५५५१७५
बागमती प्रदेश–०२–०२४ प देखि ०२–०५० प सम्मD९७६८५५५१७६
बागमती प्रदेश–०२–०५१ प देखि माथिA९७६८५५५१७०
VRS तथा कर प्रिन्टA टहरा९७६८५५५१७४
सेवा सम्बन्धी जानकारी, सहायता तथा गुनासोका लागि
सूचना अधिकारी

सेवाग्राहीका लागि महत्त्वपूर्ण सूचना

  • आधिकारिक राजस्व रसिदमा उल्लेख भएको रकमभन्दा अतिरिक्त शुल्क तिर्नु पर्दैन।
  • आफ्नो सक्कल कागजात बिचौलिया तथा अनधिकृत व्यक्तिलाई नदिनुहोस्।
  • सेवाबारे कुनै द्विविधा भए सम्बन्धित शाखा, सहायता कक्ष वा आधिकारिक कर्मचारीसँग मात्र जानकारी लिनुहोस्।
  • सम्बन्धित शाखाको फोन व्यस्त भएमा केही समयपछि पुनः सम्पर्क गर्नुहोस्।
आधिकारिक वेबसाइट
वेबसाइट हेर्नुहोस्
आधिकारिक फेसबुक पेज
फेसबुक पेज हेर्नुहोस्
द्रष्टव्य: कर, शुल्क तथा दस्तुर प्रचलित आर्थिक ऐन, प्रदेश राजपत्र वा सक्षम निकायको निर्णयबाट परिवर्तन भएमा सोहीबमोजिम लागू हुनेछ। सेवाको प्रकृति र कागजातको अवस्थाअनुसार कार्यालयले थप प्रमाण माग गर्न सक्नेछ।