सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) को प्रतिलिपि प्रक्रिया | Duplicate Bluebook Process
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल)
सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) को प्रतिलिपि सम्बन्धी जानकारी
नेपाली (Nepali)English
१. ब्लुबुक प्रतिलिपि प्राप्त गर्न आवश्यक कागजातहरू
- मोटरसाइकलको फाइल र पुरानो वा झुत्रो भएको ब्लुबुक।
- ट्राफिक प्रहरीको सिफारिस पत्र (ब्लुबुक हराएको हकमा अनिवार्य)।
- प्रतिलिपि दस्तुर रु. र चालु आर्थिक वर्ष सम्मको कर तथा नवीकरण दस्तुर तिरेको रसिदहरू।
- कर (Tax) प्रिन्ट प्रतिलिपि।
- प्रतिलिपिको लागि दरखास्त फाराम (रु. १० को टिकट सहित)।
- सवारीको म्याद रहेको तेस्रो पक्ष (Third Party) बीमा।
- सवारीधनी सक्कल नागरिकता प्रमाणपत्र सहित आफैं उपस्थित हुनुपर्ने।
- हालसालै खिचिएको १ प्रति पासपोर्ट साइजको फोटो।
- अन्य आवश्यक कागजातहरू (आवश्यकता अनुसार)।
२. सवारी संस्थाको नाममा भएमा थप आवश्यक कागजातहरू
- संस्थाको ब्लुबुकको प्रतिलिपि बनाउन र सो कार्यका लागि प्रतिनिधि तोकिएको विषयको पत्र (सक्कल)।
- संस्थाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।
- संस्थाको आधिकारिक छाप।
३. सेवा लिने प्रक्रिया (चरणहरू)
चरण १: Block-A मा रहेको सहायता कक्षबाट प्रतिलिपिको लागि दरखास्त फाराम लिने।
चरण २: Block-A बाटै Tax प्रिन्ट लिने।
चरण ३: बैंकमा तोकिएको दस्तुर र राजस्व बुझाउने।
चरण ४: सवारीको लट अनुसारको सम्बन्धित शाखाको फाँटमा गई कागजात पेस गर्ने।