हराएको फाइल खडा गर्ने प्रक्रिया | यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा
नेपाल सरकारको राष्ट्रिय चिह्न

बागमती प्रदेश सरकार • उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल)

गुर्जुधारा, काठमाडौँ

हराएको फाइल खडा गर्ने (पुनः तयार गर्ने) प्रक्रिया

  • ब्लुबुकसवारी साधनको सक्कल ब्लुबुक र सोको फोटोकपी।
  • प्रिन्ट प्रतिहरूTax प्रिन्ट र सवारीको प्रमाणित VRS प्रिन्ट।
  • निवेदन फारामफाइल खडा गर्ने फाराम (रु. १० को टिकट सहित)।
  • कर चुक्ता विवरणचालू आर्थिक वर्षसम्मको कर तथा नवीकरण चुक्ता रसिद।
  • ढड्डा अभिलेख प्रतिलिपिसवारी दर्ता किताब (ढड्डा) मा भएको सवारीको अभिलेख प्रतिलिपि।
  • कम्पनी/आयात पत्रआयात गर्ने कम्पनीको सिफारिस पत्र वा बिक्री गर्ने कम्पनीको VAT बिल।
  • भन्सार कागजातभन्सार प्रज्ञापन पत्र (Customs Declaration) र भन्सार रसिदको प्रतिलिपि।
  • इन्जिन/चेसिस विवरणमोटरसाइकलको इन्जिन र चेसिस नम्बरको फोटो तथा प्राविधिक जाँच।
  • बीमाम्याद रहेको तेस्रो पक्ष (Third Party) बीमाको प्रतिलिपि।
  • सवारी धनीको उपस्थितिसवारी धनी सक्कल नागरिकतासहित स्वयं अनिवार्य उपस्थित हुनुपर्ने।
  1. फाराम तथा प्रिन्ट सङ्कलन

    Block-A मा रहेको सोधपुछ तथा सहायता कक्षबाट फाइल खडा फाराम, Tax प्रिन्ट र प्रमाणित VRS प्रिन्ट प्राप्त गर्नुहोस्।

  2. ढड्डा अभिलेख रुजु तथा प्रमाणीकरण

    सवारी दर्ता किताब (ढड्डा) भण्डारण फाँटमा गई आफ्नो सवारीको ढड्डा अभिलेख रुजु गराई प्रतिलिपि प्रमाणित गराउनुहोस्।

  3. कर तथा राजस्व भुक्तानी

    कर भुक्तानी काउन्टर (बैंक) मा गई नियमानुसार चालू आ.व. सम्मको बाँकी कर तथा नवीकरण दस्तुर भुक्तानी गरी रसिद लिनुहोस्।

  4. प्राविधिक जाँच

    प्राविधिक फाँटमा मोटरसाइकल ल्याई इन्जिन र चेसिस नम्बर प्राविधिक जाँच गराउनुहोस्।

  5. कागजात फाइलिङ

    माथि उल्लेखित सम्पूर्ण आवश्यक कागजातहरू (भन्सार, भ्याट बिल, नागरिकता, बीमा, इन्जिन/चेसिस फोटो) संलग्न गरी एउटा पूर्ण फाइल तयार पार्नुहोस्।

  6. सम्बन्धित फाँटमा पेस गर्ने

    आफ्नो सवारीको लट नम्बर (Lot Number) अनुसार तोकिएको सम्बन्धित शाखा/फाँटमा कागजात फाइल पेस गर्नुहोस्।

  7. अन्तिम प्रमाणीकरण र फाइल खडा

    सम्बन्धित अधिकृतबाट कागजातहरूको आवश्यक परीक्षण तथा रुजु भए पश्चात सवारीको नयाँ अभिलेख फाइल खडा (स्वीकृत) हुनेछ।

⚠ विशेष ध्यान दिनुपर्ने कुराहरू

  • सवारी धनी स्वयं सक्कल नागरिकता प्रमाणपत्र सहित उपस्थित हुनुपर्नेछ।
  • बिचौलिया वा अनाधिकृत व्यक्तिहरूबाट बचौँ, सोझै कार्यालयका सम्बन्धित फाँट र कर्मचारीहरूसँग सम्पर्क गर्नुहोस्।
  • कार्यालयको आधिकारिक काउन्टर वा बैंकमा तोकिएको दस्तुर बाहेक अन्य कसैलाई पनि थप रकम नबुझाउनुहोला।
© यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौँ | बागमती प्रदेश सरकार